भद्रकालीमा स्कुटर दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु ✍️ प्रारम्भ खबर 📅 ८ भाद्र २०७५, शुक्रबार ०३:३५ 223 भदौ ८, काठमाडौं । काठमाडौंको भद्रकालीमा शुक्रबार बिहान स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । अर्का एकजना गम्भीर घाइते भएका छन । शुक्रबार बिहान सवा ४ बजे बा ९१ प ८१९ नम्बरको स्कुटर भद्रकाली पुल नजिकै सडक किनारको बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको हो ।