मुचुल्कामा रहेकोभन्दा बढि मत भेटिएपछि नेता खनालद्वारा पुन: निर्वाचनको माग

मङ्सिर १०, काठमाडौं । नेकपा (एकीकृत समाजवादी )का सम्मानित नेता तथा इलाम क्षेत्र नम्बर १ का उम्मेदवार झलनाथ खनालले आफूलाई हराउन व्यापक धाँधली भएको बताएका छन् ।

एमाले अध्यक्ष केपी ओलीसमेत आफूलाई हराउन लागि परेको भन्दै त्यसका लागि कर्मचारी लगायतसँग सेटिङ गर्ने काम भएको खनालको दाबी छ । इलाम १ को जारी मतगणनामा पछि परेका खनालले ब्यलेटमा रहेको झन्डै ५ सय मत गायब पारिएको तथा मुचुल्कामा रहेको भन्दा २६६ मत बढी देखिएको पनि बताए । ५ सय मत गायव उनले इलाम १ मा पुनः निर्वाचन गराउन माग गर्दै आए पनि प्रमुख निर्वाचन अधिकृतबाट सम्बोधन नभएको गुनासो छ ।

यस विषयमा निर्वाचन प्रमुख आयुक्त दिनेश थपालियासंग जानकारी भसकेको छ तर हामीले नमान्दा नमान्दै पनि गणना निरन्तरता गर्न भनेर माथिबाट निर्देशन आएछ’ यो सरासर षड्यन्त्र हो हामी मान्ने पक्षमा छैनौं – खनालले भने ।

उनले असहमतिका बिच जारी मतगणनामा आफ्नो प्रतिनिधिको उपस्थिति रहेको तर कुनै पनि प्रक्रियामा स्वीकृति, सहमति वा हस्ताक्षर भने नगरेको बताए । ‘क्षेत्र नम्बर १ को पुनः मतदान हुनुपर्छ । आज फेरि ६ वटा बाकसको गनियो । ६ वटा मुचुल्कामा रहेको मत भन्दा २६६ मत बढी देखिएको छ । यस्तो भएपछि फेरि एउटा निवेदन दिँदै छौँ । यो चाहिँ हामी मान्दैनौँ । कसले गर्‍यो यहाँ भन्दा माथिदेखि कर्मचारीसम्मै सेटिङ भएको छ ।’

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.