कांग्रेसले पार्टीको विधान संशोधन गर्न मस्यौदा समिति गठन

भदौ ७, काठमाडौं । नेपाली कांग्रेसले पार्टीको विधान संशोधन गर्न विधान संशोधन मस्यौदा समिति गठन गरेको छ । महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा विधान संशोधन मस्यौदा समिति गठन गरेको हो ।

पार्टीलाई संघीय संरचनामा लैजान र संगठनात्मक पुनर्संरचना गर्नका लागि पार्टीको विधानमा संशोधन र परिमार्जन गर्न सभापति शेरबहादुर देउवाले मस्यौदा समिति गठन गरेका हुन् । समितिको सदस्यहरुमा केन्द्रीय सदस्यहरु डा। मिनेन्द्र रिजाल, फरमुल्लाह मंसुर, मानबहादुर विश्वकर्मा, दिलेन्द्रप्रसाद बडू, महालक्ष्मी उपाध्याय, आनन्दप्रसाद ढुंगाना रहेका छन् । त्यस्तै नवीन्द्रराज जोशी, सीता गुरुङ, प्रदीप पौडेल र रमेश लेखक पनि समिति सदस्य रहेका छन् ।

Satkar Media House
Leave A Reply

Your email address will not be published.