काठमाडौं–७ (क) बाट निर्वाचित मानन्धर मतदातालाई धन्यवाद दिन टोल–टोलमा (फोटो फिचर)
मङ्सिर ७, काठमाडौँ । काठमाडौं–७ (क) मा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार वसन्तप्रसाद मानन्धर विजयी भएका छन् । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको बुधबार बिहान सम्पन्न प्रदेशसभा (क) को मतगणनामा एकीकृत समाजवादीका मानन्धरले चार हजार १५३ मत प्राप्त गरी विजयी हुनुभएका हुन् ।

आज वुधबार विजयी भएसंगै आफ्नो निर्वाचन क्षेत्र परिक्रमा गर्दै मानन्धरले मतदातालाई धन्यवाद दिन टोल–टोलमा पुगेका छन् ।

उनको निर्वाचन क्षेत्र काठमाडौं महानगरपालिकाभित्रको म्हैपी, बालाजु, क्षेत्रपाटी, नयाँबजार, सोह्रखुट्टे, ठमेल, धोबीचौर, ठहिटी, भुरुङखेल, नरदेवी, न्हयौखा, मछिन्द्रटोलमा पर्ने उक्त क्षेत्रमा महानगरका १६, १७, १८ र २५ वडा पर्दछन् । उक्त क्षेत्रमा १६ हजार एक सय दुई मतगणना गरिएको थियो ।


