राजधानीमा सुरु भयो १७ औं तीज महोत्सव

भदौ ७, काठमाडौं । ‘हामी सबै शिर्जनशिल महिलाकोे एउटै “नारा, सिप सिकौं, उद्यम गरौं, बनौं आत्मनिर्भर “सारा”’ भन्ने नाराका बिहीबारदेखि तीज महोत्सव सुरु भएको छ ।

काठमाडौंस्थित भृकुटीमण्डपमा १७ औं तीज महोत्सव सुरु भएको हो । महिला उद्यमशीलतालाई सशक्त पार्न महिला उद्यमीले उत्पादन गरेका सामाग्रीको प्रवर्धन गर्ने उद्देश्यले बृहत तीज व्यापार मेला सुरु भएको हो । ४ दिनसम्म चल्ने मेलाको महिला, बालबालिका तथा समाज कल्याणमन्त्री थम माया थापाले दीप प्रज्वलन गरेर उद्घाटन गरिन् । मेलाको उद्घाटन गर्दै मन्त्री थापाले तीज महोत्वसमा महिलाहरुले उत्पादन गरेका सामाग्रीको प्रदर्शन गरिएको खुशी व्यक्त गरिन् । महिलाहरुको सिप र क्षमतालाई प्रदर्शन गर्ने अवसर प्रदान गरेको भन्दै यसले राम्रो सन्देश जाने बताईन् ।

महिला श्रृजनशील केन्द्रले आयोजना गरेको तीज विशेष उपभोक्ता एक्सपोमा करिब २ सयभन्दा बढी स्टल ९बिक्री तथा प्रदर्शनी० कक्षा राखिएको छ । यो मेलामा महिलाहरुले विशेष गरि तीजको अवसरमा प्रयोग गर्ने सामाग्रीहरुका साथै नेपाली हस्तकला, गरगहना, श्रृंगारका सामाग्रीहरु, नेपाली अर्गानिक खाद्य पदार्थलगायत सामाग्रीहरु प्रदर्शन तथा सस्तो मुल्यमा बिक्रीका लागि राखिएका छन् ।

मेलामा विशेष आकर्षणमा अवलोकनकर्ताका लागि निःशुल्क स्वास्थ्य शिविर, प्रशिक्षण केन्द्र, मेहेन्दी लगाउने, फोटो खिचाउने र कपाल कटाईको सुविधा रहेको आयोजकले जनाएको छ । उक्त मेलामा करिब १ लाख भन्दा बढी व्यक्तिले अवलोकन गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ । पहिलो पटक सन् २००२ मा आयोजना गरिएको मेलामा नाच्ने गाउने भन्दा उद्यमी महिलाहरुको व्यापार व्यवसाय बढाएर महिलाहरुलाई आत्मनिर्भर बनाउने तर्फ ध्यान केन्द्रित गर्दै आएको छ ।

इभेन्ट संसार डट कमले व्यवस्थापन गरेको उक्त मेलालाई जापानी प्रसिद्ध ब्राण्ड ‘मिनिसो’ ले प्रस्तुत गरेको छ भने ‘डाबर गुलाबरी रोज वाटर’ को मुख्य प्रायोजन तथा महिलाहरुले प्रयोग गर्ने सेफ्टीको सहकार्य रहेको छ । मेलामा महिलाहरुको लागि भनेर मिनि शो, डाबर गुलाबरी र स्टेफ्रीले विभिन्न गिफ्ट हयाम्पर समेत प्रदान गर्न राखिएको छ । मेलामा प्रवेश शुल्क २५ रुपैयाँ राखिएको छ । यसबाट प्राप्त भएको ५० प्रतिशत रकम सामाजिक संघसंस्था अथवा पिडितहरुलाई सहयोग प्रदान गरिने बताइएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.