मंसिर ६, रसुवा । रसुवाको प्रदेशसभा १ मा नेपाली कांग्रेसका प्रभात तामाङ पुनः विजयी भएका छन् ।
तामाङले ८ हजार १ सय ८६ मतसहित दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार कूलप्रसाद भट्टले ४ हजार ७ सय ७२ मत प्राप्त गरे ।