रवि लामिछानेले बुझाए निर्वाचन आयोगलाई स्पष्टीकरण

 

मङ्सिर ६, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निर्वाचन आयोगमा स्पष्टीकरण बुझाएका छन् । नागरिकता प्रकरणमा चितवन क्षेत्र नं. २ का उम्मेदवार रहेका उनले मंगलबार दिउँसो ४.३० बजेतिर मुख्य निर्वाचन अधिकृतलाई शिलवन्दी गरेर बुझाएका हुन् ।

विदेशी नागरिकता लिएका कारण खारेज भएको नेपाली नागरिकता पेश गरेर उम्मेदवारी दर्ता गराएको तथा पुनः नागरिकता प्राप्तिको प्रक्रियामा नगएको भन्दै उनको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको थियो । मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले लामिछानेले बुझाएको स्पष्टीकरण सिधै केन्द्रमा पठाउने र केन्द्रले नै निर्णय लिने बताए । ‘उहाँले शिलबन्दी गरेर बुझाउनुभएको छ, हामीले ढिला गरी पायौं, जतिसक्दो छिटो आयोगमा पठाउछौं’, मुख्य निर्वाचन अधिकृत थापाले भने, ‘हामीले यहाँ केही नगर्ने भएकोले शिलबन्दी नखोली पठाउँछौं ।’

 

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.