साढे ७ हजार मतान्तरसहित गगन थापा विजयी

मंसिर ६, काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र–४ बाट नेपाली काग्रेसका उम्मेदवार गगन थापा विजयी भएका छन् । कांग्रेस महामन्त्रीसमेत रहेका थापा एमालेका राजन भट्टराईलाई ७ हजार ४४८ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।

थापाले २१ हजार २९४ मत ल्याएका छन् भने भट्टराईको १३ हजार ८५३ मत पाएका छन् । थापा निर्वाचितबारे निर्वाचन आयोगले औपचारिक घोषणा भने गरेको छैन। अघिल्लो चुनावमा पनि यस क्षेत्रबाट भट्टराईलाई नै हराउँदै गगन विजयी भएका थिए । यसपटक सत्तारुढ गठवन्धनको समर्थनका कारण उनको जित थप सहज बनेको हो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.