भदौ ७, काठमाडौं । सर्वोच्च अदालतले नेत्र विक्रम चन्द नेतृत्वको नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई छाड्न आदेश दिएको छ । न्यायाधीश केदारप्रसाद चालिसे र पुरुषोतम भण्डारीको संयुक्त इजलासले प्रकाण्डलाई सर्वोच्चको रजिष्ट्रारको रोहबरमा छाड्न आदेश दिएको हो ।
अघिल्लो पटक पनि सर्वोच्चले उनलाई छाड्न आदेश दिएको थियो । तर, छुटेको केहि समयमै अदालतको गेट बाहिरबाट पुनः पक्राउ परेका थिए । जिल्ला अदालत काभ्रेले म्याद थप गरेर अनुसन्धान गर्न आदेश दिइरहँदा सर्वोच्च अदालतले भने सोमबार बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै बन्दीसहित जवाफ पेश गर्न आदेश दिएको थियो ।
न्यायाधीशद्वको संयुक्त इजलासले थुनामा राखेर पर्याप्य आधार र कारण नखोली म्याद थप भएको भन्दै निवेदकको मागअनुसार बन्दी प्रत्यक्षीकरणको आदेश जारी हुने ठहर गरेको हो ।