मङ्सिर ६, काठमाडौं । काठमाडौँ क्षेत्र नं. ४ मा मतणना नसकिँदै नेपाली कांग्रेसका गगन थापा विजयी भएका छन् ।
नेकपा एमालेका राजन भट्टराईलाई भारी मतान्तरले पछि पार्दै उनी सांसद निर्वाचित भएका हुन् । अहिलेसम्म यस क्षेत्रमा ४३ हजार ३ सय ९६ मतको गणना सकिएको छ । खसेको मत ४८ हजार ८५९ मत हो । अब ५ हजार ४ सय ६३ मत गन्न बाँकी छँदा गगनको अग्रता ६ हजार ८३४ पुगिसकेको छ । यसर्थ अबको गणनामा कुनै मत नआए पनि गगन विजयी हुनेछन् ।
अहिलेसम्मको गणनामा गगनले २० हजार ४१७ भोट पाएका छन् भने एमालेका भट्टराईको १३ हजार ३२ भोट छ । यस्तै राप्रपाले ३ हजार ६ सय ९३ र लौरोको ११ सय ३३ भोट आएको छ ।
नेपाली काँग्रेसका महामन्त्री समेत रहेका थापाले आफ्नो उम्मेद्वारी प्रधानमन्त्री बन्नका लागि भन्दै मतदातासँग आर्शिवाद लिएका थिए । उनले राजनीतिमा युवा नेतृत्वको आवश्यकता रहेको भन्दै प्रधानमन्त्री बन्न तयार रहेको बताउँदै आएका थिए । त्यस्तै अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि थापाको अडान र अभियानलाई साथ दिदै प्रधानमन्त्री बन्न आफ्नो समर्थन रहने बताएका थिए ।

