कञ्चनपुरका सीडीओ, एसपी र डिएसपीलाई सरकारले फिर्ता बोलायो

भदौ ७, काठमाडौं । कञ्चनपुरका सीडीओ, एसपी र डिएसपीको सरुवा गरिएको छ ।

निर्मला पन्तको बलात्कारपछि हत्याकाण्डले उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै गृहमन्त्रालयले जिल्लाको प्रशासनिक र सुरक्षा प्रमुखको सरुवा गरेको हो । निर्मलाको वास्तविक हत्यारा पत्ता लगाउन माग राख्दै जारी आन्दोलनमा प्रहरीले गोली चलाएपछि गृहमन्त्रालयले तीनैजनालाई फिर्ता बोलाएको हो । शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेपछि गृहमन्त्रालयले प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्कालाई फिर्ता बोलाइएको छ । उनको ठाउँमा तारानाथ अधिकारीलाई पठाइएको छ । त्यस्तै कञ्चनपुरका प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टलाई फिर्ता बोलाएको छ ।

उनको ठाउँमा एसपी कुवेर कठायतलाई पठाईएको छ । डिएसपी ज्ञानबहादुर सेठीलाई फिर्ता बोलाएको छ । डिएसपीको सेठीको ठाउँमा कृष्ण ओझालाई पठाएको छ । यसअघि गृहमन्त्रालयले उक्त घटनाबारे छानविन गर्न सह–सचिव हरिप्रसाद मैनालीको नेतृत्वमा उच्च स्तरीय छानबिन समिति गठन गरेको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.