जाडोमा बच्चालाई निमोनिया हुनबाट कसरी जोगाउने?

काठमाडौं- निमोनियाको संक्रमण सबैभन्दा बढी ५ वर्षमुनिका बालबालिकाहरुलाई हुन्छ र त्यो उमेर समूहमा मृत्युको पहिलो कारक पनि निमोनिया नै हो। बालबालिकाहरुको मृत्यु गराउने प्रमुख रोगहरु मध्ये निमोनिया मुख्य रोग हो।

निमोनिया भनेको के हो?
निमोनिया भनेको फोक्सोमा हुने संकमण हो। निमोनिया भएमा खोकी लाग्ने, छिटोछिटो श्वास फेर्ने, ज्वरो आउने, कोखा हाले हुन्छ। कडा निमोनियाले मृत्यु पनि हुन सक्छ।

निमोनियाको रोकथाम तथा मृत्यु घटाउन प्रभावकारी कार्यक्रमहरुः
१. बच्चालाई जन्मेको ६ महिनासम्म आमाको दुध मात्र खुवाउने। त्यसपछि आमाको दुधको साथै थप खाना खुवाउने।
२. नियमित खोपहरु लगाउने।
३. नियमित हात धुने, शुद्ध खानेपानी तथा सरसफाइमा ध्यान दिने।
४ धुमपान नगर्ने, घर भित्र धुवाँ कम गर्ने र वातावरण स्वच्छ राख्ने।

निमोनियाको उपचार

• निमोनियाको उपचार शिघ र सही औषधीबाट गर्नु पर्दछ।
• शिघ्र र सही औषधी उपचारले निमोनियाबाट हुने अधिकारी मत्युलाई रोक्छ।

कडा निमोनियाबारे जनचेतना र उपचारको पहुंच सर्वसाधारणको साथै दुर्गम समुदायमा पु-याउन जरुरी छ।

कस्तो बच्चाहरुलाई निमोनिया हुने जोखिम बढी हुन्छ?
विशेषगरी रोग प्रतिरोधात्मक क्षमता कम भएका, पूर्ण स्तनपान गर्न नपाएका, कुपोषित र जन्मदै कम तौल भएका बालबालिकाहरुमा निमोनिया हुने सम्भावना बढी हुन्छ। खाना पकाउँदा निस्कने घरभित्रको धुँवा र धूम्रपान गर्दा निस्कको धूवाँले साथै एउटै कोठामा धेरै मान्छेको भिडभाडले यो रोग लाग्ने सम्भावना बढाउँछ।

निमोनियाको चिन्ह तथा लक्षणहरु के के हुन्?
ज्वरो आउने
शरीरमा काँढा उम्रने र कम्पन आउने
छिटो छिटो सास फेर्ने
श्वास फेर्न कठिन हुने
श्वास लिँदा र छोड्दा अस्वभाविक आवाज आउने
कोखा हान्ने
झोल कुरा पिउन नसक्ने वा आमाको दूध राम्री चुस्न नसक्ने
धेरै सूति रहने वा ब्युँझाउन गाह्रो हुने
नाकबाट सिँगान बग्ने
खोकी लाग्ने

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.