मङ्सिर १, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनमतको अपमान गरेकाले केपी ओलीलाई जनताले कारबाही गर्नुपर्ने बताएका छन् ।
बिहीबार काठमाडौं क्षेत्र नम्बर २ मा गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै नेपालले आफ्नो पार्टीलाई समेत मिलाएर लान नसक्नेले जनता र देशलाई अघि बढाउन नसक्ने बताए । आगामी निर्वाचनमा गठबन्धनको जित सुनिश्चित रहेको र चुनावपछि गठबन्धनकै सरकार बन्ने उनको भनाइ छ । अध्यक्ष नेपालले संविधानको रक्षा, शान्ति र समृद्धिका लागि गठबन्धनका उमेदवारहरूलाई जित दिलाउनुपर्ने बताइन् ।
त्यस्तै अध्यक्ष नेपालले भने– ‘नेपाली जनताले प्रतिगमनकारी शक्ति एमालेलाई मतदान गर्ने छैनन् । जनता विकास, समृद्धि र संविधानको रक्षाका लागि वाम–लोकतान्त्रिक गठबन्धनलाई मतदान गर्न तयार भइसकेका छन् । यसपटक एमालेले सर्वनाक हार व्यहोर्ने छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि आफ्नो पार्टीको सरकार बन्ने भन्दै जनतामा भ्रम छरिरहेको समेत टिप्पणी गरेका छन् । अध्यक्ष नेपालले भने– ‘केपी ओलीले निर्वाचनपछि आफ्नो पार्टीको सरकार बन्ने भन्दै जनतामा भ्रम छरिरहेका छन् । उनलाई थाहा छैन होला, यसपटक एमालेको सर्वनाक हार व्यहोर्दै छ । त्यसैले निर्वाचनपछि पनि गठबन्धनकै सरकार बन्ने छ ।’
अध्यक्ष नेपालले विकास, समृद्धि र संविधानको रक्षाका लागि पनि गठबन्धनले निर्वाचन जित्नुपर्ने धारणा राखेका छन् । गठबन्धनले निर्वाचन हार्दा देश पुनः प्रतिगमनतर्फ जाने भन्दै अध्यक्ष नेपालले गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गरेका छन् ।

