प्रेसमाथि थप अंकुश लाग्नेगरी विधेयक ल्याएको भन्दै सरोकारवालाहरुद्वारा चिन्ता व्यक्त

भदौ ७, काठमाडौं । प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पत्रकार आचारसंहिताको अक्षरशः पालनाले मात्र पत्रकारिता पेसा मर्यादित हुने बताएका छन् ।

बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले जवाफदेही, मर्यादित र निष्पक्ष पत्रकारिताका लागि आचारसंहिताको पालना आवश्यक रहेको बताए । कार्यक्रममा उपत्यकाका करिब दुई दर्जन पत्रकारको सहभागिता रहेको थियो ।

सरकारले संसदमा पेस गरेको गोपनीयतासम्बन्धी विधेयकमा संविधानले आमसन्चार क्षेत्रलाई दिएको पूर्णप्रेस स्वतन्त्रताको अधिकार नै हनन् गरेको उनीहरुको भनाइ छ । गोपनीयताको हक कार्यान्वयन गर्न बनाइएको विधेयकमा वैयक्तिक सूचना भन्दै सार्वजनिक पद धारण गरेका व्यक्तिको शैक्षिक प्रमाणपत्र, आपराधिक पृष्ठभूमि र फौजदारी कसूरमा पाएको सजाय, कसूर भुक्तान गरेको विवरण, विवादित व्यक्तिको चरित्र, राजनीतिक आबद्धतामाथिसमेत टिप्पणी गर्न नपाइने प्रावधान राखिएको छ ।

यो व्यवस्थाका कारण आमसन्चारमाध्यममार्फत् सर्वसाधारण सार्वजनिक चासोका विषय थाहा पाउन बन्चित हुने भन्दै विरोध सुरु भएको हो । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले संसदमा पेस भएको गोपनीयतासम्बन्धी विधेयक जस्ताको त्यस्तै पारित भए प्रेस स्वतन्त्रताको घाँटी निमोठिने बताए ।

Satkar Media House
Leave A Reply

Your email address will not be published.