गठबन्धन दल एकअर्काप्रति इमान्दारी भएर प्रस्तुत हुन्छौँ – ओनसरी

काठमाडौँ ।  पूर्वसभामुख एवं माओवादी केन्द्रकी स्थायी समिति सदस्य ओनसरी घर्तीले ४ मंसिरको निर्वाचनमा माओवादी,  काँग्रेस र एकीकृत समाजवादी अर्काप्रति इमान्दार रुपमा प्रस्तुत हुने बताएकी छन् ।

सत्तारुढ गठबन्धनले काठमाण्डौंको ऐतिहासिक सहर साँखुमा सोमबार गरेको चुनावी सभालाई सम्बोधन गर्दै घर्तीले गठबन्धनमा आवद्ध काँग्रेस, माओवादी र एकीकृत समाजवादीको मत एकअर्को दलका उम्मेदवारलाई सहजै ‘ट्रान्सफर’ हुने वातावरण बनेको बताइन् ।

४ मंसिरको निर्वाचनलाई सामान्य आवधिक चुनावका रुपमा मात्र लिन नहुने चर्चा गर्दै उनले लोकतन्त्र,  व्यवस्था, संविधान र जनताको जित या हारका रुपमा लिनुपर्ने उनको भनाइ थियो ।

घर्तीले आफूलाई माओवादीको मात्र नभई गठबन्धनको उम्मेदवारका रुपमा हेर्न भन्दै माओवादी मतदाता र जनताले अन्यत्र काँग्रेस र समाजवादीका उम्मेदवारलाई पनि आफ्नै ठानेर मत दिने उल्लेख गरिन् । काँग्रेस, माओवादी र एकीकृत समाजवादी मिलेर काठमाण्डौं–२ बाट संघमा आफू विजयी हुँदै गरेको भन्दै उनले रोल्पाको प्रदेश (ख) मा माओवादी मतले काँग्रेस उम्मेदवार विजयी हुँदै गरेको बताइन् । घर्तीको गृहिजल्ला रोल्पाको प्रदेश (ख) मा काँग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन गठबन्धनका साझा उम्मेदवार छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.