कात्तिक २७, झापा । झापाको मेचीनगरमा पुलबाट खसेर बुद्धशान्ति गाउँपालिका–५ का ४५ वर्षीय होमबहादुर पोखरेलको मृत्यु भएको छ ।
दोकानडाँडाबाट पूर्व मेचीनगर नगरपालिका–३ र ५ को सिमानामा रहेको घैलाडुब्बा पुलबाट खसेर साइकलयात्री पोखरेलको गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले बताए । रासस

