देशभर चिसो बढ्यो, काठमाडौंको तापक्रम ८.५ डिग्री

कात्तिक २७, काठमाडौं । काठमाडौं उपत्यका सहित देशभर चिसो बढ्दै गएको छ ।

शनिबार काठमाडौंको न्युनतम तापक्रम यस वर्षकै कम मापन भएको थियो। आज हिजोभन्दा १ डिग्री सेल्सियसले घटेको मौसमविद् सजिना शाक्यले जानकारी दिइन्। उनका अनुसार आजको काठमाडौंको न्यूनतम तापक्रम ८ दशमलव ५ डिग्रीमा रहेको छ । देशका उच्च पहाडी र हिमाली क्षेत्रमा हुस्सु लागेको छ ।

दिनभर घाम लागे पनि बिहान र बेलुका जाडो बढेको महसुस भएको छ। तापक्रम क्रमिकरुपमा घट्दै गएकाले चिसो बढ्दै गएको विभागले जनाएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.