विहान पख साथीले फोन गर्यो र सोध्यो तिमी किन बद्लियौ ? मलाई त्यतिखेर साझ परे झै लाग्यो म संग उत्तर मरिसकेको थियो। सायद उत्तर दिएर पुराना घाउ बल्झाउनु थिएन।
जुन प्रश्न कसैको शोक थियो मेरा रोदन भित्रको कसैको हासो थियो।मेरो हार भित्रको कसैको विजय को सुरुवात थियो। उसले भेट्ने ईच्छा राख्यो ,मलाई प्रश्न सुन्न आतुर थियो।मैले पनि नभेटौ भनेर भनिन । उ साझपख त्यहीँ आईपुग्यो टुलुक्क जुन ठाउ हाम्रो सपनाहरू को साक्षी थियो। तर तुहिएका सपनाको मलामि भने थिए। उस्को प्रश्न सुने उत्तर मैले भन्दा पहिला नै । प्रश्न बनाउने ले दिईसकेको थिए।म उत्तर दिन अनुत्रिण थिए।हामीले चाहेको अन्तिम सस्कार भन्दा समाजले दिएको अन्तिम निणय नै काफी थियो।जुन निणय ३१ औँ वसन्त टेकेका हामी बिच पहाड खसेको सिरमाथि दुईवटा ढुङ्गा निकालेको जस्तो थियो ।
अलि हल्का मलम थियो। तर त्यहि मलम Date expired मलम केही समय पछि बन्छ कहिले कल्पना गरिएन । हामी सौर्यामा ढलेको विरामि भन्दा कमजोर थियौ,वरवराहट आफ्नाका लागि रोदन थियो ।समाजका लागि कथाको राम्रो शीर्षक थियो।कथा को रचना गर्न पुरै समाज लागेको थियो आफ्नो भन्ने केही अंस बाकी रहेका ले कलम चलाए । अनि मैले दिने उत्तर भन्दा उस्ले गरेको प्रश्न तगडा बन्यो । कारण उ संग टेक्ने हागो दरो थियो,बिष लाई अमृत हो भन्दा अमृत होनै भन्ने झुटा समाज थियो। बेचिएका सम्पत्ति का रकम पोल्टामा थियो घमन्ड उथलपुथल भै चल्दै थियो।म सङ्ग हजुरबुबा को चिनो थियो एक भरोसा थियो।म गुमाउन चाहदैन थिए।
आज हजुर वुवाले वसालेका ७३ वसन्त का आगनि ,वावुले विताएका ५१ पाईला ,र महिले सुन्दर बनाउन कल्पिएका ३१ औँ सपनाहरू माथि श्रदान्जली अर्पण दिए।धन्यवाद त्यतिबेला दिन मन लाग्छ म परिवर्तन भए ,एक्लै दौडिने भए न समाउने हागो न टेक्ने लढ्ढि । कथाकारको कथा उत्कृष्ट बन्यो तालि पड्कियो।मैले जुन देखेको सपनाको आखा को रोशनि ले म भित्रको मलाई नै मार्ने छ,यदी देखिएको सपना फेरि बद्लियछ भने ८० नागेका विर्ध का आवज सुने ,बर्ष भरि सेता बस्त्रले नढाकिनु म सस्कार बिरोधि बने , ती महिला नारि बन्दै फालियको सारी ले आधा अङ्ग ढाकिएको बस्त्र सुहाउँदो र सभ्य बन्यो । सायद यहीँ धर्म थियो ,मैले लगाएको वस्त्र न फेरिय मेरा चुल्यो फेरिदैन थियो,परिवारिक जिम्मेवारी सहज बन्दैन थियो। तर ती महिला बाट बनेकि नारि को बस्त्र भित्र फरक के थियो ? थियो त आफ्नोपन ।
मदिराले लढ्ढियर ढोकाको ठेलामा साझ बाबू माथि पल्टिने छोरा समाज र सस्कार का विज्ञ पुजारी बनेको समाज को म औषधिकाका लागि अस्पताल का ढोका खोज्ने प्रयाश हार् न मान्दै बाबुको सिथिल शरिर नजिक टाउको टेकाउनु के सस्कार थियो ? त्यहि उत्तर म बाट लुटिसक्यो , मेरा आखा बन्द पारियो ।किनकि मेरो र समाज बिच को व्यबहार मिलेन , बावुआमा बिच सस्कार मिलेन जुन चलि रहेको थियो। समाज समाज लाई देखाएर घन्टि बजाउथ्यो , म घन्टि बजाउने तागत राख्दैन थि । तिमी टाढा नजाउ न है भन्ने साथी का अंगालो ले मलाई नै पर्खियो तर किन किन पहिले जस्तो म अङ्गालिनै सकिन ,अनि चाहिन पनि ,उ भित्रको म र उस्को परिवार भित्रको म मा फरक थियो ।
कथाकारले कथाका मोडल दैनिक बद्लि रहन्थे।उस्को मलिन स्वरले मेरो मन भित्रका कठोर सम्रचनाहरु भत्काउन थालिसकेका थिए ।म पग्लिय भने मेरा बाकि सपना गल्ने छन् ।म अब पग्लिन्न म टाढै रहे ।त्यो साझ पछि मेरा जिवनमा कहिल्यै विहानि आएन , नयाँ घाम पनि झुल्किएन , म कठोर भईसकेको थिए। आज म मनै देखि बद्लिए तर उ पग्लिने प्रयासमा बनेको छ म आज भोलि सोच्छु कास ……त्यो फोन नबजिदिएको भए।