भाद्र ७, चितवन । इच्छाकामना गाउँपालिका ३ चुम्लिङटारमा बिहान करिब ६स्१५ बजे कुरिनटार बाट चुम्लिङटार तिर आउदै गरेको बा७२प ८७५० नम्बरको मोटरसाइकललाई काठमाडौ बाट मुग्लिङ तिर जाँदै गरेको ना७ख ९४६७ नम्बरको ट्रीपरले तिब्रगतीमा चालकले नियन्त्रण गुमाइ ठक्कर दिदा स्थानिय कुरिनटारका शक्ति नेपाल घाइते भयका छन।
प्रत्यक्ष दर्सीका अनुसार लगभग १०० मिटर पर बाट चिप्लदै आयको ट्रीपरले मोटरसाइकल र चालक लाइ घिसारेको थियो। घाइतेको उपचारको लागि कुरिनघाट लगियको छ भने ट्रीपर चालक ब्यपत्ता भयका छन।