मन्त्री निधनको शोकमा प्रदेश–१ मा भोलि सार्वजनिक बिदा

कात्तिक २३, काठमाडौँ । । प्रदेश १ सरकारका मन्त्री शेखरचन्द्र थापाको निधन भएको शोकमा भोलि (बिहीबार) प्रदेश १ मा सार्वजनिक बिदा दिइएको छ ।

प्रदेश सरकारले मन्त्री थापाको निधनको शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने र एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । प्रदेशका वन, वातावरण तथा भूसंरक्षण मन्त्री थापाको आज उपचारका क्रममा विराटनगरको नोबेल मेडिकल कलेजमा निधन भएको थियो । उनी निमोनिया र डेँगीबाट ग्रसित थिए । मन्त्री थापा मोरङ क्षेत्र नम्बर ३(१) मा प्रदेशसभातर्फ नेपाली कांग्रेसका उमेदवार थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.