कार्तिक २२, चौतारा । सिन्धुपाल्चोक क्षेत्र नं. १ को लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारहरुले साझा प्रतिवद्धतापत्र सार्वजनिक गरेका छन् ।
मंगलबार क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्यका साझा उम्मेदवार माधव सापकोटा (सुबोध) क्षेत्र नं. १ को प्रदेश सभा १ का साझा सम्मेदवार मसिना खड्का भण्डारी र क्षेत्र नं १ को प्रदेश सभा २ का साझा उम्मेदवार सरल सहयात्री पौडेलले एकैसाथ सामाजिक सञ्जाल मार्फत प्रतिवद्धता सार्वजनिक गरेका हुन् ।
यस्तो छ साझा प्रतिवद्धता
आदरणीय आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरु,
संविधानको पूर्णपालना गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ वाम–लोकतान्त्रिक गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मुलुकभरि नै संयुक्त रुपमा अघि बढ्ने सहमति गरेको हामी सबैलाई जानकारी नै छ । केन्द्रीय नीतिको पूर्णपालना गर्दै राजनीतिक परिपक्कता र समयको आवश्यकताका आधारमा यो गठबन्धन सिन्धुपाल्चोकमा पनि चुनावी मोर्चामा होमिएको छ । यो ऐतिहासिक घडीमा उच्च राजनीतिक इमानदारी र संस्कारलाई आत्मसात् गर्नु गठबन्धनका दलहरुको मूल दायित्व हो ।
यही दायित्वलाई मनन् गर्दै राष्ट्रिय राजनीतिमा निर्वाह गर्ने भूमिका मात्र नभई यस क्षेत्रको समग्र भौतिक विकास एवम् आर्थिक समृद्धिलाई जनजीविकासँग जोड्दै अघि बढ्ने प्रतिवद्धता बमोजिम हामीले प्रतिनिधि र प्रदेश सभा सदस्यका लागि साझा उम्मेदवारी दिएका छौँ । उम्मेदवारीसँगै यस क्षेत्रको विकास र परिवर्तनका लागि अग्रजहरुको पहलमा निर्मित आधारहरुको जगमा टेकेर अघि बढ्ने संकल्प र विश्वासकासाथ संयुक्त प्रतिवद्धता व्यक्त गरेका छौँ ।
समन्वय, सह–अस्तित्व र सहकारिताः हामी सबैको आवश्यकता
राजनीतिक सहमति, सहकार्य, समन्वय र समझदारी कायम गरी निर्वाचन क्षेत्रको समग्र विकास अगाडि बढाउन संयुक्त पहल र प्रयत्न गरिने छ ।
सहकारिता, सह–अस्तित्व र समन्वयको सिद्धान्तअनुरुप सङ्घ, प्रदेश र स्थानीयतहसँग समन्वय र सम्बन्ध स्थापित गरिने छ ।
भ्रष्टाचार न्युनिकरण र सुशासन कायम गर्ने विषयलाई मुख्य प्राथमिकतामा राखिने छ ।
जिल्ला, स्थानीय तह तथा अन्य निकायबाट आमनागरिकलाई प्रवाह हुने सेवा चुस्त बनाउने विषयलाई मुख्य प्राथमिकतामा राखिने छ ।
क्षेत्रगत विकास कार्यक्रमका प्राथमिकता स् समग्र उत्थानशील सिन्धुपाल्चोक राजधानीसँगै जोडिए पनि समग्र विकासका हिसाबले अझै निकै पछाडि रहेको छ ।
यो पृष्ठभूमिमा राजनैतिक नेतृत्व, नागरिक अगुवा, तीनवटै तहका सरकार, निजी क्षेत्रलगायत सरोकारवालाहरुबीच बृहत् छलफल गरी ‘सिन्धुपाल्चोक समृद्धिको आधार जलस्रोत, पर्यटन, कृषि र व्यापार को नारालाई सार्थकता प्रदान गर्न पहल गरिने छ ।
सङ्घीय, प्रदेश, स्थानीय सरकार र विकास साझेदार निकाहरुसँग समन्वय गरी सिंगो क्षेत्रको एकीकृत, सन्तुलित र दिगो विकासको पहल गरिने छ ।
विकास भनसुन र राजनीतिक शक्तिको भरमा नभई आवश्यकताका आधारमा सञ्चालन गर्ने परिस्थितिको महसुस गराइने छ ।
तातोपानी नाकालाई नियमित रुपमा सञ्चालन गर्ने र सीमा जोडिएको सडकलगायतका पूर्वाधारको विकासका लागि कुटनीतिक पहल गर्ने प्रयासलाई निरन्तरता दिइने छ ।
अग्रज नेतृत्वको पहलमा अध्ययन सुरु भएको बाह्रविसे बजारलाई ‘ट्रान्जिट सिटी’का रुपमा विकास गर्ने योजनालाई प्राथमिकतामा राखिने छ ।
निर्वाचन क्षेत्र अन्तर्गतका सबै स्थानीय तहका जनप्रतिनिधिहबीच आपसी समझदारीमा समन्वयकारी संयन्त्रमार्फत विकास निर्माणका काम गर्न प्रोत्साहन गरिने छ ।
स्थानीयको मागका आधारमा तत्कालीन, अल्पकालीन र दीर्घकालीन विकास योजना बनाइ कार्यान्वयनका लागि सङ्घ र प्रदेश सरकारसँग समन्वय गरिने छ ।
नदी नियन्त्रण, जुरे पहिरो प्रभावितहरुको समस्या, साना तथा रणनैतिक महत्वका सडकहरुको स्तरोन्नति जस्ता विषयलाई प्राथामिकतामा राखेर बजेट व्यवस्थापनमा जोड दिइने छ ।
आवश्यकता र मागका आधारमा निर्वाचन क्षेत्रका सबै सडकहरुको विस्तृत परियोजना रिपोर्ट ९डीपीआर० तयार गरेर क्रमिक रुपमा स्तरोन्नतिका लागि सङ्घ र प्रदेश सरकारसँग समन्वय गरिने छ ।
निर्माणाधिन तथा उत्पादन गरिरहेका जलविद्युत आयोजनाहरु तथा सरकारी एवम् निजी क्षेत्रबाट सञ्चालिन योजनाहरुमा स्थानीयलाई रोजगारी प्रदान गर्न तथा सेयरमा सहभागी गराउन सहजीकरण गर्दै थप प्रबन्ध मिलाइने छ ।
सम्भाव्यताको आधारमा जडिबुटी प्रशोधन केन्द्रको स्थापना, चौरी संरक्षण र आयआर्जन वृद्धिका लागि पकेट क्षेत्रका कार्यक्रम सञ्चालनका लागि पहल गरिने छ । यस क्षेत्रका पुरातात्विक सहरहरुलाई सांस्कृतिक सहरको रुपमा अगाडि बढाइने छ ।
उपलब्ध साधन स्रोतको अधिकतम परिचालन गरी सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागितामा उद्योग सञ्चालनका लागि प्रोत्साहित गर्न नीतिगत र व्यवहारिक पहल गरिने छ ।
समानता र सहअस्तित्वका आधारमा बिभिन्न जातजाति र समुदायको भाषा, लिपि, संस्कृति, कला र सम्पदाको संरक्षण तथा विकास गर्न पहल गरिने छ ।
शैक्षिक र भौतिक पूर्वाधार स् गुणस्तरीय शिक्षाको आधार
शिक्षालाई सहज, गुणस्तरयुक्त र पहुँचयोग्य बनाइ क्रमशः निशुल्क बनाउन स्थानीय तह, प्रदेश र संघीय सरकारसँग समन्वय गरिने छ ।
विद्यालयको भौतिक पूर्वाधारलाई व्यवस्थित बनाउन पहल गरिने छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्वविद्यालयहरुबाट प्राप्त हुने छात्रवृत्तिलाई निर्वाचन क्षेत्रका विद्यार्थीहरुको हितमा उपयोग गर्न पहल गरिने छ ।
कलेजका विद्यार्थीका लागि थप अध्ययन, अनुसन्धान, अवलोकन भ्रमण तथा क्षमता विकासका लागि छिमेकी एवम् मित्रराष्ट्रहरुमा भ्रमण एवं तालिमका लागि पहल गरिने छ ।
पहुँचमा विश्वसनीय स्वास्थ्य सेवा स् तन्दुरुस्त जीवन, सुखी मन
पायक पर्ने स्थानमा गुणस्तरीय र विश्वसनीय स्वास्थ्य सेवा, सुविधा पाउने व्यवस्था मिलाइने छ भने स्थानीय तहसँगको समन्वयमा निश्चित प्राथामिक स्वास्थ्य केन्द्रहरुलाई नमुना स्वास्थ्य केन्द्रका रुपमा विकास गर्न पहल गरिनेछ ।

