चार प्रदेशका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना

कात्तिक २०, काठमाडौं । देशका केही स्थानमा आज हल्का वर्षाको सम्भावना छ । काठमाडौं उपत्यकामा यति बेला घाम लागेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ । आज दिउँसो पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नम्बर–१, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार राति पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१ का पहाडी भू–भागका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.