इमरान खानमाथि गोली प्रहार भएको घटनाबारे भारत बोल्यो

काीत्तक १८, काठमाडौं । भारतले पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको घटनालाई नजिकबाट नियालिरहेको प्रतिक्रिया दिएको छ ।

भारतीय विदेशमन्त्रालयका प्रवक्ता अरिन्दम बग्चीले भर्खै घटना भइरहेको र अब विकसित हुने घटनाक्रमलाई पनि नजिकबाट नियालिने बताएका छन् । ‘भर्खरै घटना भएको छ । नजिकबाट नियालिरहेका छौँ । विकसित हुने घटनाक्रमलाई पनि नजिकबाट मोनिटर गर्नेछौँ,’ उनले भनेका छन् । बिहीबार एक र्‍यालीमा सहभागी भएका बेला इमरानमाथि गोली प्रहार भएको थियो । उनको खुट्टामा चोट लागेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.