काठमाडौंबाट विराटनगर उडेको जहाजमा एकजना मात्र यात्रु

कात्तिक १६, काठमाडौं । बुद्ध एयरको एक विमानले काठमाडौंबाट विराटनगरसम्म एकजना यात्रुलाई मात्र सेवा दिएको छ । मंगलबार साँझ ८ बजेको उडानमा एक जनामात्र यात्रु भएपछि उनैलाई लगेर विमान काठमाडौंबाट विराटनगर गएको हो ।

पूरै विमानमा एकल यात्रा गरेका उद्वव पौडेलले आफूले रोमाञ्चक अनुभव गरेको बताएका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘काठमाडौंबाट बिराटनगर सम्मको बेलुकी ८ बजेको बुद्ध एयरको उडानमा म एकल यात्रु । रोमाञ्चक अनुभव ।’ उनी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट प्रतिनिधिसभा सदस्यमा समानुपातिक उमेदवार समेत छन् ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.