भदौ ६, बैतडी । अहिलेम्म एकल महिलाले मात्रै मासिक सामाजिक सुरक्षा भत्ता पाउँदै आएका छन् । श्रीमानको मृत्यु भएपछि एकल जीवन जिउने महिलालाई सामाजिक सुरक्षा भत्ता पाउँदै आएका हुन् ।
तर अब एकल पुरुषले पनि सामाजिक सुरक्षा भत्ता पाउने भएका छन् । बैतडीको मेलौली नगरपालिकाले ६० वर्षभन्दा माथिका एकल पुरुष (विधुर) लाई मानिस भत्ता दिने भएको हो । नगरपालिकालाई मासिक १ हजारका दरले सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको हो । नगरपालिकाभित्र केही त्यस्ता असहाय पुरुषहरु पनि रहेकोले उनीहरुलाई जीउन सहज होस् भनी भत्ता दिने निर्णय गरेको मेयर कृष्णसिंह नायकले जानकारी दिए ।
एकल पुरुषहरुलाई मासिक भत्ता दिन नगरपालिकाले १५ लाख रुपैयाँ छुट्याएको छ । अहिले नगरपालिका ९ वटै वडामा एकल पुरुषहरुको तथ्यांक संकलनको काम भईरहेको मेयर नायकले बताए । एकल पुरुषलाई मासिक भत्ता वितरण गर्ने यो नगरपालिका नेपालकै पहिलो बनेको छ ।