किमाथांका-अरुण जलविद्युत आयोजनाको काम पुन: सुरु

कात्तिक १५, काठमाडौं । विस्फोटक पदार्थको अभावमा १ वर्ष अघिनै रोकिएको ४ सय ५४ मेगावाट क्षमताको किमाथांका–अरुण जलविद्युत आयोजनाको काम फेरी सुरु भएको छ ।

कास्कीको सुपरमादी जलविद्युत आयोजनाबाट करिब ४० टन विस्फोटक पदार्थ सापट्टी लिएर अडिट टनेल खन्ने काम सुरु गरिएको हो । विस्फोटक पदार्थको अभावमा रोकिएका काम अब भने अघि बढ्ने आयोजनाका प्रमुख हिरामान वाइबाले बताउनुभयो । हाल करिब ४० मिटर अडिट टनेल खन्ने काम भइसकेको र आगामी भदौ महिनाको अन्तिम साताबाट काम सुरु हुने उहाँले बताउनुभएको छ । आयोजनामा १ हजार मिटर टेस्ट अडिट टनेल खन्नुपर्ने छ ।

करिब ७ सय टन विस्फोटक पदार्थ आवश्यक पर्ने आयोजनाले जनाएको छ । आयोजनाको काम सम्पन्न गर्न ९२ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.