भदौ ६, काठमाडौं । होन्डाको नयाँ होन्डा सीबी हर्नेट १६० नेपाली बजारमा भित्रिएको छ । नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले नयाँ हर्नेट नेपाल ल्याएको हो ।
स्पोर्टि बनोट तथा नयाँ स्टाईल र ग्राफिक्सका साथ अझ बढी पावरफुल रहेको नयाँ हर्नेट ग्रे र ग्रिन, ओरेन्ज र ग्रे, निलो, रातो तथा पँहेलो गरी ५ रङमा उपलब्ध छ । फुल एलईडी हेड ल्याम्प र हाजार्ड लाईट स्विचजस्ता अत्याधुनिक विशेषता रहेको यस बाइकको यो विशेषता आपतकालीन समयमा सुरक्षित रहनका लागि तथा कम प्रकाशको बेला प्रयोग गर्न सकिन्छ । बाइकमा उत्कृष्ट ग्रीप र बढी समय टिक्ने सिल चेन रहेको छ । यसैकारण हर्नेटमा उत्कृष्ट पर्फमेन्स रहेको कम्पनीले जनाएको छ । नयाँ होन्डा सीबी हर्नेट १६० को बजार मूल्य २ लाख ९९ हजार ९ सय रुपैयाँ रहेको छ ।