गोदावरी जंगलमा एक युवतीको बलात्कारको प्रयास

भदौ ६, काठमाडौं । मोटरसाइकलमा राखेर गोरखा पुर्याइदिन्छु भन्दै ललिततपूरको गोदावरी जंगलमा एक युवतीको बलात्कारको प्रयास भएको छ । गोरखा घर बताउने १८ वर्षीय युवतीलाई गोरखा पुर्याइदिन्छु भन्दै गोदावरी जंगलमा बलात्कारको प्रयास गरिएको पाइएको प्रहरीले जनाएको छ ।

महानगरिय प्रहरी परिसर ललितपुरका डीएसपी दिलिप झाका अनुसार युवतीले आफ्नो ठेगाना, आफन्तको नाम ठेगाना स्पष्ट रुपमा नबताउँदा अनुसन्धानमा समस्या भएको छ । डीएसपी झाले भने, ‘‘चिनेका भनिएका युवकसँग उनी गएको पाइएको छ, बलात्कारको प्रयास पनि भएको देखिन्छ तर युवकको नामथर युवतीलाई सोध्दा थाहा छैन भन्ने जवाफ आउँछ ।”

युवतीले आफु १ गते गोरखाबाट दिदीसँग काठमाडौं आएको बताए पनि दिदीको नामसमेत नबताएको प्रहरीले जनाएको छ । प्रहरीले किशोरीको स्वास्थ्य परीक्षण अघि बढाएको र घटनाको अनुसन्धान गरेर दोषीको पहिचान गर्ने कार्य भइरहेको बताएको छ ।

Satkar Media House
Leave A Reply

Your email address will not be published.