सन्दीपविरुद्धको मुद्दामा आज थुनछेक बहस हुँदै

कात्तिक १५ काठमाडौँ ।क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्ने वा धौरटमा रिहा गर्ने भन्ने विषयमा आज थुनछेकको बहस हुँदै छ।

नाबालिग बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोमबार सन्दीप लामिछानेविरुद्ध मुद्दा दायर भएको हो । मुलुकी फौजदारी कार्यविधी संहिता, २०७४ को दफा ६७ अनुसार, जन्मकैदको सजाय हुन सक्ने कसुर र तीन वर्षभन्दा बढी कैद सजाय हुन सक्ने सरकारीवादी फौजदारी कसुरको अभियोग लागेको अभियुक्त तत्काल प्राप्त प्रमाणबाट कसुरदार देहिने भएमा वा कसुरदार हो भन्ने विश्वास गर्ने मानासिव आधार भएमा अदालतले अभियुक्तलाई कारण खुलाई पुर्पक्षको लागि थुनामा राख्न सक्ने व्यवस्था छ ।

सन्दीपविरुद्ध नाबालिगलाई जबरजस्ती करणी गरेको अभियोगमा १० देखि १२ वर्षसम्मको कैद माग दावीसहित मुद्दा दायर भएको छ । सन्दीपविरुद्ध संलग्न प्रमाणमध्ये सिनामंगल स्थीत होटेल काठमाडौं इनमा सन्दीप र नाबालिग बालिका घटना भएको भनिएको भदौ ५ गतेको दिन करिब ११ः३० देखि भोलिपल्ट बिहान ६ बजेसम्म होटेलको बन्द कोठामा रहेको सीसीठभी फुटेजबाट देखिएको प्रमाण पेस भएको छ । करिब ६ घण्टा कोठामा सँगै बसेका सन्दीप आफैलेँ समेत स्वीकार गरेका छन् ।

यी प्रमाणका आधारमा सन्दीपलाई पुर्पक्षका लागि थुनामै राखिने सम्भावना रहेको एक सरकारी वकिल बताउँछन् । आज सन्दीपका कानुन व्यवसायीहरुले उनलाई धौरटमा रिहा गर्नु पर्ने माग गर्दै बहस गर्नेछन् । बहस सकिएपछि सन्दीपलाई थुनामै राख्ने वा धौरटमा रिहा गर्ने आदेश हुनेछ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.