केपी ओली दुई तिहाई जनमत सम्हाल्न असफल – मन्त्री पौडेल

कात्तिक १४, बागलुङ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई तिहाई जनमत सम्हाल्न असफल भएको आरोप लगाउनुभएको छ ।

आइतबार बडिगाड गाउँपालिका वडा नम्बर ९ र १० मा साझा गठबन्धनको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले केपी शर्मा ओलीले दुई तिहाईको जनमत सम्हाल्न असफल भएको आरोप लगाउनुभएको हो । “तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान मास्न खोज्नुभयो,” उहाँले भन्नुभयो, जनमतबाट प्राप्त भएको दुई तिहाईको सरकार सञ्चालन गर्न उहाँ असफल हुनभयो ।”
उहाँले लोकतन्त्र र परिर्वतनको पक्षमा उभिन्न आग्रह गर्दै गठबन्धनका साँझा उम्मेदवारलाई मतदान गर्न आग्रह गर्नुभयो । “अब बन्ने सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्छ”, उहाँले भन्नुभयो, “राजनीतिक स्थायीत्वको लागि चुनाव पछि गठबन्धनको सरकार बन्छ ।” मन्त्री पौडेलले बाचुन्जेल बागलृङको विकासका लागि लागिपरिरहने विश्वास व्यक्त गर्नुभयो । बागलुङ जिल्ला सुरुङमार्गको युगमा प्रवेश गरेको बताउँदै अहिल नै सम्भाव्यता अध्ययनका लागि सरकारले बजेट छुट्याएको बताउनुभयो ।

आफू मन्त्री भएपछि जिल्लाका अधिकांश विद्यालयको भौतिक संरचना बनेको बताउँदै ५ वर्षको अवधिमा पूरा नभएका बाचाहरु अब पूरा गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाले गलकोटमा बहुप्राविधिक शिक्षालय स्थापनाका लागि निर्णय भएको बताउँदै जग्गा प्राप्तिपछि १ अर्ब १५ करोडको भौतिक संरचना बन्ने बताउनुभयो । उहाँले संसारभरको निर्वाचन व्यवस्थालाई हेरेर नेपालमा मिश्रित निर्वाचन प्रणाली ल्याएको बताउनुभयो । “यो प्रणाली ल्याउन सात दशक सघर्ष गर्नुपर्यो”, उहाँले भन्नुभयो, “यो प्रणालीमा भएका कमी कमजोरीलाई सच्चाएर जनताको हितमा लाग्दै समाजवाद उन्मुख राज्य प्रणालीमा जान्छौं ।” सरकारले ९६ प्रकारका निःशुल्क औषधिसहित प्रत्येक स्थानीय तहमा पालिकास्तरीय अस्पताल बनाउने चरणमा रहेको बताउँदै १२ कक्षासम्म शिक्षा निःशुल्क बनाउने आश्वास दिनुभयो ।

बागलुङ–२ प्रदेश क का बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार जीतबहादुर शेरचनले बागलुङ दुईको विकाशका लागि साझा गठबन्धनका उम्मेदवार एक भएर लाग्ने बताउनुभयो । “स्थानीय तह, प्रदेश र केन्द्रमा गठबन्धनको सरकार हुन्छ,” उहाँले भन्नुभयो, “यहाँको विकाशका लागि हामी सहकार्य गरेर अघि बढ्छौं ।”

 

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.