कात्तिक १२, काठमाडौँ । गोकर्णेश्वर नगरपालिका वडा नं. १ ओख्रनी निवासी एक महिला हराएकी छिन् ।
गत ९ गते तिहारको लागि नुवाकोट बेलकोटगडि माईता जान्छु भनि हिडेकी ओख्रेनी निवासी २४ बर्षिय रेनुका पोखरेल तामाङ सम्पर्क विहिन भएकी परिवारले जानकारी दिए । माईता जान्छु भनि घरबाट निस्किएकी र सबै आफन्तकहाँ सम्पर्क गर्दा समेत फेला नपरेपछि बौद्ध महानगरीय प्रहरी वृत्तमा खोजि गराई पाउ भनि निवेदन दिएको जनाएको छ ।
नीज तामाङलाई फेला परेमा नजिकैको प्रहरीचौकी वा १०० मा सम्पर्क गर्न परिवार स्रोतले अनुरोध गरेका छन् । त्यस्तै उनलाई फेला परेमा निम्न मोबाईल नम्बरमा समेत सम्पर्क गर्न आग्रह गरेका छन् । फोन नं. ९८६५१३४५३२

