देशको औद्योगिक सुरक्षाका लागि सरकारले नीति नै बनाउनुपर्छ – अशोक राई

कात्तिक १२, धरान । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा सुनसरी क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अशोक राईले मुलुकको औद्योगिक सुरक्षाका लागि सरकारले नीति नै बनाउनुपर्ने बताएका छन् ।

शनिबार धरानमा उद्योगी व्यापारीहरुसँगको छलफलमा नेकपा एमाले र जसपा नेपालका साझा उम्मेदवार समेत रहेका नेता राईले सो कुरा बताएका हुन् । उनले उद्योगीहरुलाई बचाउन सकिए मात्रै देशको राष्ट्रिय अर्थतन्त्र सुदृढ हुने बताए । उनले आगामी मंसिर ४ गतेको निर्वाचनमा आपूmलाई जिताएर पठाएमा उद्योगी व्यापारीहरुकै सल्लाह र सुझाव लिएर अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरे । उनले नेपाली समाजमा उद्योगी व्यापारीहरुलाई नाफा कमाउने व्यक्तिका रुपमा मात्रै हेर्ने गलत प्रवित्ति रहेको औंल्याए । उनले २०७४ सालको निर्वाचनमा आपूm पराजित भए पनि सानातिना विकासका काम गर्दै आएको बताए ।

चुनावमा निर्वाचित नहुँदा अनुरोध गर्ने ठाउँमात्रै रहने तर निर्वाचित भए आदेश दिने ठाउँमा पुगिने भएकोले अब आपूmलाई अनुरोध गर्ने ठाउँमा मात्रै राख्ने कि आदेश दिने ठाउँमा पुर्याउने भन्ने कुरा जनताको हातमा रहेको उनले बताए । ‘अनुरोध गर्ने ठाउँमा कम मात्रै काम गर्न सकिन्छ,’ उनले भने, ‘यहाँहरुले जिताउनुभो भने आदेश दिने ठाउँमा पुगिन्छ । अब मलाई अनुरोध गर्ने ठाउँमा मात्रै राख्ने कि आदेश दिने ठाउँमा पुर्याउने त्यो यहाँहरुकै हातमा छ ।’ पूर्वमन्त्रीसमेत रहेका नेता राईले ताप्लेजुङका व्यापारीहरुले १४ घन्टा लगाएर बिर्तामोडबाट सामान ल्याउने गरेको तर तमोर करिडर सडक पुरा भए धरानदेखि सात घन्टामै ताप्लेजुङ पुग्न सकिने भएकोले उक्त सडक निर्माणले धरानको आर्थिक कारोबार बृद्धि हुने बताए । उनले धरान, बराहक्षेत्र र रामधुनीका धार्मिक पर्यटकीय स्थलहरुलाई जोड्ने गरी चक्रपथ निर्माण गर्नुपर्ने, धरानमा एक हजार मान्छे अट्ने आधुनिक सभागृह निर्माण गर्नुपर्ने, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नमूना अस्पताल बनाउन सक्षम, इमान्दार र त्यो संस्थालाई माया गर्ने भिसी ल्याउनुपर्ने बताए ।

कार्यक्रममा सुनसरी–१ का प्रदेशसभा तर्पmका एमाले–जसपाका साझा उम्मेदवार रमेश बस्नेत र विजय राई, जसपाका प्रदेशसभा समानुपातिक उम्मेदवार भीम राई, एमालेका प्रदेशसभा समानुपातिक उम्मेदवार लहरु जिमीका साथै प्रदेश १ का सभामुख तथा एमाले नेता प्रदीप भन्डारी, एमाले केन्द्रीय सदस्य मन्जु भन्डारी, एमाले प्रदेश १ कमिटी सदस्य मुरारी सुवेदी, जसपा राजनीतिक समिति सदस्य दीपक मेन्याङबो, केन्द्रीय सदस्य मनोजकुमार राईलगायत नेताहरु पनि सहभागी थिए । कार्यक्रममा उद्योगी व्यापारीहरुले आप्mनो क्षेत्रका समस्याहरु राख्दै निर्वाचित भएपछि ती समस्या समाधान गर्न आग्रह गरेका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.