महोत्तरी घटना छानबिन गर्न समिति गठन

कात्तिक ११, काठमाडौँ । महोत्तरीको भंगाहा नगरपालिका वडा नं. ८ मा कात्तिक १० गते भएको घटनाको छानबिन गर्न गृह मन्त्रालयका सहसचिव शिवराम पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा सो दिन छठपर्वको अवसरमा आयोजित कलश यात्राको सिलसिलामा भएको विवादमा असामान्य स्थिति सिर्जना भएको घटनाको छानबिन समिति गठन भएको जानकारी दिइएको छ । सहसचिव पोखरेलको संयोजकत्वमा प्रहरी नायब महानिरीक्षक उमेशराज जोशी, सशस्त्र प्रहरी बल, नेपालका स.प्र.ना.म. किशोर प्रधान, राष्ट्रिय अनुसन्धान विभागका सह–अनुसन्धान निर्देशक विष्णुमणि आचार्य र गृह मन्त्रालयका उपसचिव विश्वराज मरासेनी सदस्य हुनुहुन्छ ।

उक्त छानबिन समितिले निष्पक्ष छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेश गर्न गृह मन्त्रीस्तरीय निर्णय भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.