भदौ ६,सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिका वाड ५ सिरिसे बस्ने स्थानीय मानसिङ तामाङकाे गत असार २४ गते पहिरोको कारण गोठ पुरिदा गोठभित्र रहेका (भैसी १ र बाख्रा ४) क्षति भएको थियो । एन एल जि कम्पनीद्वारा संचालित बिमा कार्यक्रम अन्तर्गत तामाङ लाई क्षति बराबरको बिमा कम्पनीले रु ९० हजारको चेक गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पा मार्फत हस्तान्तरण गरेको छ ।
अध्यक्ष शेर्पाले सबै पशुपालक कृषकहरुलाई समयमै पशु बिमा गराइ अाइपर्ने सम्भावित जोखिमलाइ न्युनीकरण गराउन अनुराेध गरे । हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष, वडा अध्यक्षहरु साथै पशु स्वास्थ प्राविधिकको सहभागिता रहेको थियो ।