कात्तिक ३, काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटी अहिले आफ्नै घरमा उनी आराम गरिरहेकी छन् ।
बुधबार अपरान्ह ‘माइनर हार्ट अट्याक’ (हृदयघात) भएपछि ललितपुरस्थित मेडिसिटी अस्पताल लगिएको र त्यहाँ सामान्य उपचारपछि अहिले आफ्नै घरमा उनी आराम गरिरहेकी छन् ।
उनले सामाजिक सञ्जालमार्फत यो कुराको जानकारी दिएकी हुन् । वर्षा केहीदिन अगाडि मात्र विदेश भ्रमणबाट नेपाल फर्किएकी हुन् । बुधबार गएको भूकम्पको कारण आफूलाई मिनी–हार्ट अट्याक भएको उनले स्टाटस मार्फत उल्लेख गरेकी छन् । उनी हाल श्रीमान् आशिष गेलालसँग चिसिएको सम्बन्धलाई लिएर समेत चर्चामा छिन् ।

