भदौ ६, काठमाडौं । पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य सेरबहादुर तामाङले न्यायालय न्याय प्राप्तिको अन्तिम विकल्प रहेको बताएका छन् ।
सांसद तामाङ आफ्ना जन्मदिने बाउआमाबाट चित्ता नबुझ्दा समेत न्याय पाउन न्यायालय जानुपर्ने विकल्प भएकोले सो कुरा बताएका हुन् । राजधानीमा सकारात्मक विकास सञ्चार केन्द्रले आयोजना गरिएको अन्तरक्रिय कार्यक्रममा सांसद तामाङले न्यायालयभित्र भएको विकृति र विसंगीत निर्मूृल पार्न अब सबै लाग्नुपर्ने बताए । उनले न्यायालय र त्यहाँभित्र रहेका कर्मचारी तथा न्याय दिने न्यायाधिशहरु निष्पक्ष, निष्ठा, इमान्दार, पारदर्शीता र जवाफदेहिता हुनुपर्ने बताए ।
उनले कार्यक्रममा सबै तहका सार्वजनिक पदधारणा गर्नेहरुले सम्पत्ति विवरण सार्वजनिक गर्नु पर्ने उल्लेख गर्दै पदबाट हट्दा पनि त्यसको हिसाव जनतालाई सार्वजनिक गरेमा मुलुकको भ्रष्ट्रचार रोकिने बताए । बाँकी भिडियोमा