संविधान रक्षा र प्रतिगमनको विरुद्ध एकजुट हुन आवश्यकः महासचिव भुसाल

कात्तिक २, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) निकट नेपाल आदिवासी जनजाति महासंघ समाजवादीको घटकसंघहरू आयोजनामा नेपाली साँस्कृतिक पर्वहरु तिहार, नेपाल सम्बत्, छठ, उधौली, माघी र लोछारको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल तामाङ संघ समाजवादीका अध्यक्ष लाप्साङ पाख्रिनको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसाल थिए । उक्त कार्यक्रम सम्बोधन गर्दै भुसालले आसन्न मंसिर ४ गते हुन गईरहेको प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा सम्पूर्ण घटक संघहरूलाई आफ्नो पार्टीको कलम चिन्हमा मतदान गर्ने वातावरण बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्न निर्देशन गरेका छन् । डा. भुसालले म भन्ने भावनाबाट टाढा रहेर हामी भन्ने भावना स्थापित गर्दै वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेद्वारलाई जिताउने अभियानमा लाग्न आग्रह गरे ।

पार्टी महासचिव भुसालले गठबन्धन वर्तमान राजनीतिक आवश्यकता र समयको माग भएकाले साझा भावना लिई मूलुकको संविधान रक्षा र प्रतिगमनको विरुद्ध एकजुट हुन सबैलाई आह्वान गरे । आशन्न निर्वाचनलाई लक्षित गरेर नेपाल आदिवासी जनजाति महासंघ समाजवादीको संयुक्त घटक संघहरूबीचमा शुभकामना कार्यक्रम राखिएको संघका अध्यक्ष गंगा गुरुङले बताएका छन् ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.