एथलेटिक्सः रमितालाई कीर्तिमानी स्वर्ण

कात्तिक १, काठमाडौँ। नवौं बृहत राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्स ४ सय मिटर दौडमा एपिएफकी रमिताकुमारी थारुले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छिन्।

मंगलबार पोखरा रंगशालामा महिलातर्फ रमिताले ह्यान्ड टाइममा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जित्दा निर्धारित दूरी ५८.१० सेकेन्डमा पूरा गरिन्। रमिताको राष्ट्रिय खेलकुदमा पहिलो स्वर्ण पदक हो। रमिताले दिलमाया कार्कीको नाममा रहेको ५८.५० सेकेन्डको ह्यान्ड टाइमको कीर्तिमान तोडिन्। आर्मीकी निर्मला थापाले रजत जितिन् भने एपिएफकी कल्पना श्रेष्ठले कास्य पदक हात पारिन्।

पुरुषतर्फको चार सय मिटरमा त्रिभुवन आर्मी क्लबका सोम कुमालले नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेका छन्। यसै विधामा एपिएफका आशिष चौधरीले रजत र आर्मीका प्रकाश दनुवारले कास्य पदक जिते।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.