एमाले घोषणापत्रमा केन्द्रित, तीन दिनभित्र सार्वजनिक गर्ने तयारी

असोज ३०, काठमाडौं। संसदीय निर्वाचन नजिकिएसँगै प्रमुख प्रतिपक्षी एमाले घोषणापत्र निर्माणमा केन्द्रित भएको छ।

घोषणापत्रलाई अन्तिम रूप दिन एमाले अध्यक्ष केपी ओली शनिबार ललितपुरको लाँकुरीभन्ज्याङस्थित ‘द टेरेसेस रिसोर्ट’ पुगेका छन् । मस्यौदालाई अन्तिम रुप दिन ओलीले महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा दिनेशचन्द्र देवकोटाको सहयोग लिइरहेका छन्।

एमालेले तीन दिनभित्र घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ। राष्ट्रियता, सुशासन, समृद्धि, रोजगारी अभिवृद्धि, भ्रष्टाचार नियन्त्रणजस्ता विषयलाई मुख्य एजेन्डा बनाउँदै एमालेले निर्वाचन घोषणापत्रलाई अन्तिम रूप दिने तयारी गरेको हो।

एमालेले २६ साउनमा घोषणापत्र मस्यौदा कमिटी गठन गरेको थियो। अध्यक्ष ओलीको संयोजकत्वमा रहेको कमिटीमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष रामबहादुर थापा बादल, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य छन्।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.