तयार भयो, ट्याक्सी ड्राईभरले लगाउने ड्रेस

भदौ ६, काठमाडौं । काठमाण्डौमा भाडाका ट्याक्सी चलाउने चालकहरुले बुधबार देखि ड्रेस लगाउनुपर्ने भएको छ ।

बुधबार महानगरीय ट्राफिक महाशाखाले सुन्धरामा विशेष कार्यक्रम गरि राजधानीमा भाडाका ट्याक्सी चलाउने ड्राईभरका लागि अध्यारोमा टल्कने र टाढैबाट प्रष्ट देखिने फ्लोरेसेन्ट ज्याकेट अनिवार्य लगानुपर्ने व्यवस्था लागू भएको जनाएको हो । महानगरिय ट्राफिक प्रहरी कार्यालयले बुधबार देखि ड्रेस लगाउनुपर्ने व्यवस्था सुरु भएको भएपनि पर्याप्त ड्रेस तत्काल संभव नहुने भएकाले एक महिनाको समय दिएको छ ।

एक महिना भित्र सबै ट्याक्सी ड्राईभरले ड्रेस नलगाए कारवाही हुने बरिष्ठ प्रहरी उपरीक्षक बसन्त पन्तले जानकारी दिनुभयो । उहाँले ड्रेसले व्यवसाय र व्यवसायीलाई अनुसासित बनाउनुको साथै यात्रुलाई पनि सुविधा पुग्ने विश्वास व्यक्त गर्नुभयो । यात्रुलाईलाई गलत व्यवहार गरेको पाईएमा ट्याक्सी भित्र राखिएको नम्बरका आधारमा ट्रेस गरि त्यस्ता ड्राईभरलाई कानुनी कारवाहीको दायरामा ल्याईने उहाँले बताउनुभयो ।

Satkar Media House
Leave A Reply

Your email address will not be published.