मधेसका तीन कांग्रेस मन्त्री बर्खास्त

असोज २८, काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले कांग्रेसका तर्फबाट सरकारमा सहभागी भएका तीन मन्त्रीलाई बर्खास्त गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय सरकारबाट जसपाबाट बनेका मन्त्रीहरु हटाएको भोलिपल्ट मुख्यमन्त्री राउतले कांग्रेसबाट प्रतिनिधित्व गरेका मन्त्रीहरु हटाएका हुन् । मन्त्री पद जानेहरुमा मधेस प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा ऊर्जाविकासमन्त्री ओमप्रकाश शर्मा र महिला बालबालिका, युवा तथा खेलकुदमन्त्री विरेन्द्रप्रसाद सिंह छन् ।

बिहीबार संघीय सरकारबाट प्रधानमन्त्री शेरबहादुर देउवाले जसपाबाट मन्त्री बनेका प्रदीप यादव, मृगेन्द्रसिंह यादव, इस्तियाक राई र राजेन्द्र श्रेष्ठलाई हटाएका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.