वीपी संग्रहालयद्वारा कराते खेलाडीलाई ट्र्याक सुट प्रदान

असोज २७, काठमाडौँ । गण्डकी प्रदेशमा हुन गईरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको कराते बिधा बाट छनौट हुन सफल नेपाल वादोरियो कराते सरस्वती डोजो गोकर्णेश्वर ८ का खेलाडीहरुलाई हौसला स्वरुप वि पी संग्रहालय सुन्दरीजलले ट्र्याक सुट प्रदान गरेको छ।

बागमती प्रदेश बाट पुरुष ५५ केजि तौल समुहमा देबराज श्रेष्ठ,मधेश प्रदेश बाट महिला ४५ केजि तौल समुहमा सुस्मिता वाईवा,मधेश प्रदेश बाट पुरुष टिम कुमितेमा एलन श्रेष्ठ र निर्णायकमा डोजोका मुख्य प्रशिक्षक पुरुषोत्तम पोखरेल सहभागी हुँदै छ्न।

संग्रहालयमा आयोजित बिदाई कार्यक्रमा काङ्ग्रेस नेता एबम वी पी संग्रहालय सुन्दरीजलका संस्थापक अध्यक्ष परशुराम पोखरेल सरस्वती डोजोका अध्यक्ष सुबोध तिमिल्सिना लगायतले बिदाई गरेका थिए। कराते प्रतियोगिता गण्डकी प्रदेशको पर्बत कुस्माको सेमि कबर्ड हलमा असोज २९ गते देखि कार्तिक ३ गते सम्म संचालन हुँदै छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.