‘बागी’ उम्मेद्वारसहित प्रस्तावक र समर्थक कांग्रेसबाट ५ वर्षका लागि निष्कासित

असोज २६, काठमाडौं । नेपालीक कांग्रेसले गठबन्धनविरुद्ध ‘बागी’ उमेदवारी दिएका पार्टीका नेता कार्यकर्ताहरूलाई कारबाही गरेको छ ।

पार्टीको निर्देशनविपरीत उमेदवारी फिर्ता नलिएका उमेदवार र उनीहरूका प्रस्तावक र समर्थकलाई कांग्रेसले कारबाही गरेको हो । उनीहरूलाई पार्टीको सदस्यसमेत नरहने गरी पाँच वर्षका लागि निष्कासन गरिएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । मंगलबार कांग्रेसले गठबन्धनविरुद्ध उमेदवारी दिएकाहरूलाई बुधबार दिउँसो १ बजेसम्म उमेदवारी फिर्ता लिन निर्देशन दिएको थियो । अन्यथा कारबाही हुने चेतावनी पनि दिइएको थियो ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.