इन्डोनेसियामा फुटबल खेलका क्रममा हिंसा हुँदा १२९ को मृत्यु
असोज १६, काठमाडौँ । इन्डोनेसियामा फुटबल खेलका क्रममा भएको हिंसामा परी एक सय २९ जनाको मृत्यु भएको छ । कन्जुरुहान रंगशालामा भएको इन्डोनेसियाको शीर्षलिग फुटबल अन्तर्गत अरेमा र पर्सेबाया सुराबायाबीचको खेलपछि भड्किएको हिंसामा परी एक सय २९ जनाको मृत्यु भएको हो ।
साथै हिंसामा परी एक सय ८० जना भन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले उल्लेख गरेको छ । खेलमा अरेमा ३(२ गोलले पराजित भएको थियो । आफ्नो टोली पराजित भएपछि समर्थकहरु मैदानमा उत्रिएर एक अर्कामा हिंसात्मक गतिविधिमा उत्रिएका थिए । त्यसपछि हिंसालाई नियन्त्रण लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।
सोही क्रममा भागदौड हुँदा ३४ जनाको रंगशालामै र बाँकीको अस्पतालमा मृत्यु भएको हो । घटनापछि इन्डोनेसिया फुटबल संघले लिग वान फुटबल एक हप्ताको लागि स्थगित गरेको जनाएको छ ।

