भेनेजुएलामा शक्तिशाली भूकम्प, मानिसहरुबीच भागदौड

काठमाडौं । भेनेजुएलामा शक्तिशाली भूकम्प गएको छ ।

ट्रिनियाड एन्ड टोबागोको नजिक तटीय क्षेत्रलाई केन्द्रविन्दू बनाएर ७ म्याग्निच्युटको भूकम्प गएको अमेरिकी भूगर्भ विभागले जनाएको छ । तर भेनेजुएलाका अधिकारीहरुले भने ६ दशमलव ३ म्याग्नेच्युटको भूकम्प गएको बताएका छन् । भूकम्पका झड्का भेनेजुएलाको राजधानी काराकासमा समेत महसुस गरिएको छ । शक्तिशाली भूकम्प गएपछि मानिसहरुबीच भागदौड भएको छ ।

भेनेजुएलाका अधिकांश घर खाली गराइएको छ । मानिसहरुलाई खुला ठाउँमा राखिएको छ । गृहमन्त्री नेस्टर रेवेरोलले भूकम्पको झड्का देशभर महसुस गरिएको बताउनुभएको छ । उनले भूकम्पबाट भएको क्षतिको खबर भने अहिलेसम्म प्राप्त नभएको प्रतिक्रिया दिएका छन् । (एजेन्सी)

Satkar Media House
Leave A Reply

Your email address will not be published.