आमाको हत्या गरी फरार सौतेनी छोरा पक्राउ

असोज ९, काठमाडौं। सामान्य विवादमा सौतेनी आमाको घाँटीमा खुकुरी हानेर हत्या गर्ने सौतेनी छोरा पक्राउ परेका छन् । कलैया उपमहानगरपालिका–७ रंगपुर टोल बस्ने २५ वर्षीय जय किशोर यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

जय किशोरलाई प्रहरीले शुक्रबार वीरगञ्ज इनर्वाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । नागरिकता बनाइदिन आग्रह गर्दै आएकी तेतरीको भदौ ३० गते साँझ हत्या भएको थियो । जय किशोरले सौतेनी आमा तेतरीलाई सामान्य घरायसी विवादका क्रममा घाँटीको अगाडि भागमा खुकुरी प्रहार गरेको प्रहरीको भनाइ छ । उनको घटना स्थलमै मृत्यु भएको थियो । घटनापछि जयकिशोर भने त्यस बेलादेखि फरार भएका थिए ।

तेतरीका श्रीमान् ५५ वर्षीय शिवनारायण यादवलाई भने प्रहरीले घटना भएको भोलिपल्टै पक्राउ गरेको थियो । शिवनारायणले घरायसी विवादका क्रममा छोराले घाँटी काटिदिएको बयान दिएका थिए । तेतरी देवीको नागरिकता नबाइदिएको विषयमा विवाद हुँदा घटना भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.