भीमफेदीमा बस दुर्घटनाः ७ जनाको मृत्यु, घाइतेलाई हेटौँडा लगियो

असोज ६, काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका ६ जुरिखेतमा भएको मिनिबस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

काठमाडौंबाट हेटौँडाका लागि छुटेको बा.३ ख ७८५८ को मिनिबस दुर्घटना हुँदा सातजनाको मृत्यु भएको भीमफेदी गाउँपालिकाका उपाध्यक्ष सञ्जीव श्रेष्ठले जानकारी दिए । उनका अनुसार घाइतेहरूलाई हेटौँ पठाइएको छ । सामान्य घाइते भएका एकजना यात्रुले बसमा ३१ जना सवार रहेको बताएको उपाध्यक्ष श्रेष्ठले बताए ।

ती यात्रु क्याबिनमा बसेका थिए । उनले बढी यात्रुका कारण दुर्घटना भएको बताएको श्रेष्ठको भनाइ छ । उनका अनुसार काठमाडौं–हेटौँडा सडकखण्ड अवरुद्ध भएको छ । सबैसँग समन्वय गरेर सडक खुलाउने प्रयास भइरहेको श्रेष्ठले बताए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.