कपनमा भीषण आगलागीः तीन जनाको मृत्यु, एक घाइते

असोज ५, काठमाडौं । काठमाडौंको कपनस्थित एक घरमा लागेको आगलागीबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

बुधबार साँझ आगलागी भएको घरभित्र तीजनाको शव भेटिएको घटनास्थलमा रहेका बूढानीलकण्ठका मेयर मिठाराम अधिकारीले जानकारी दिए । उनका अनुसार टंङ्क घिसिङको घरमा आगलागी भएको हो । प्रारम्भिक जानकारी अनुसार ग्याँस लिक भएर आगलागी भएको तर स्पष्ट कारण थाह हुन नसकेको उनले बताए । बूढानीलकण्ठकी उपमेयर अनिता लामाले घाइते एकजनालाई करुणा अस्पताल लगिएको जानकारी दिइन् ।

आगो निभाउनका लागि सुरक्षाकर्मी र दमकल परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । आगो लागेको ठाउँबाट विस्फोटको आवाज पनि सुनिएको स्थानीयबासिन्दाले बताएका छन् । ट्रेकिङ्ग अफिस र ट्रेकिङ्गमा प्रयोग हुने सामान राखिएको घरमा आगलागी भएको प्रहरीको भनाइ छ । यसबारेमा अझै थप विवरण आउन बाँकी छ ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.