भदौ ६, काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले पार्टीको विधान बमोजिम भास्कर भद्रा (ललितपुर) लाई महामन्त्री र उद्धव पौडेल (काठमाडौं) लाई कोषाध्यक्ष पदमा मनोनयन गरेका छन् ।
प्रवक्ता मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा विधानअनुसार अध्यक्ष थापाले मनोनयन गरेको उल्लेख छ ।