असोज २, विराटनगर । विराटनगर महानगरपालिकाले जितिया पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ । आज तराई क्षेत्रका आदिवासी राजवंशी, ताजपुरियालगायत समुदायले जितिया पर्व मनाइरहेका छन् ।
गएको भदौ ३१ गतेको महानगरको निर्णयानुसार सार्वजनिक बिदा दिइएको सूचना जारी गरी जनाइएको छ । अत्यावश्यक सेवाबाहेक विराटनगर महानगरपालिका, नगर कार्यपालिकाको कार्यालय तथा मातहतका सबै कार्यालयहरू र शैक्षिक संस्थाहरूमा बिदा दिइएको छ ।

